
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । मर नेम्वाङ लिम्बू साहित्य पुरस्कारबाट लेखकद्वय विमला तुम्खेवा र गिरिराज बाँस्कोटा पुरस्कृत भएका छन् । नेम्वाङको पाँचौँ स्मृति दिवसको अवसरमा अमर नेम्वाङ लिम्बू स्मृति प्रतिष्ठानले शुक्रबार पाँचथरको फिदिममा आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।
तुम्खेवा सञ्चारिका समूह नेपालकी अध्यक्ष हुन् भने बाँस्कोटा पत्रकार महासंघ पाँचथरका अध्यक्ष हुन् । उनीहरुलाई जनही नगद ५० हजार पुरस्कारसहित दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको हो ।
अमरकुमार नेम्वाङको फाल्गुनन्द गाउँपालिका अध्यक्ष रहेकै बेला २०७५ साल माघ २६ गते निधन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij