
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । भक्तपुरमा १७ वर्षीया किशोरीलाई बलत्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २४ वर्षीय सुबेन्द्र लिगललाई बलत्कारको आरोपमा सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
लिगलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij