Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

बालेनले पाए अमेरिका भ्रमणको निम्तो

बालेनले पाए अमेरिका भ्रमणको निम्तो

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर.थम्प्सनले शिष्टाचार भेट गरेका छन् । बालेनको कार्यकक्षमा भएको भेटघाटमा आपसी सहकार्यका विषयमा कुराकानी भएको महानगरले जनाएको छ । 

    images
    images
    images

    बालेनले भने "आपसी कार्यक्रमका रूपमा हामीले आईटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरू विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्," ।

    भेटका क्रममा राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए ।राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij