
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले सोही प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएको हो । सभा नक्सालमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा सर्वसाधारणलाई जारी गर्ने भनि छुट्टाइएको सेयरलाई संशोधन गरी प्रिमियम वा अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij