
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्ने भएका छन् ।
जनताका गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्ताहरूसँग साक्षात्कार गर्न महामन्त्री थापा संवाद यात्रामा जान लागेका हुन् । पार्टीले घोषणा गरेको ‘समुदायमा कांग्रेस’ अभियानको क्रममा उनले आफू पूर्व–पश्चिम यात्रामा निस्किन लागेको जानकारी गराएका छन् ।
महामन्त्री थापाले यात्राका क्रममा झापादेखि मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसम्म पुग्ने कार्यक्रम रहेको छ । माघ १३ गते सुरु हुने संवाद यात्रा माघ २६ गते सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij