
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ । ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको प्याज प्रहरीले बरामद गरेको हो ।
धनगढीमाई नगरपालिका-९ मुसहरनियास्थित सडकखण्डबाट प्र१–०२–००१ ख ९१६९ नम्बरको ट्रकमा करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज बरामद गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए ।
यसक्रममा उदयपुर कटारी नगरपालिका–५ बस्ने चालक राजेश कटुवाल पक्राउ परेको पाण्डेले बताए । प्याजसहितको ट्रक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij