
Jun 18 2025 | २०८२, असार ४ गते
काठमाडौं । जिल्ला खटिने नेताहरुलाई नेपाली कांग्रेसले अभिमुखीकरण गर्ने भएको छ । माघ ७ देखि २२ गतेसम्म हुने ‘समुदायमा कांग्रेस’ अभियानमा जाने केन्द्रीय नेताहरुलाई अभिमुखीकरण गर्न लागेको हो ।
७७ जिल्लामा केन्द्रीय नेताहरु खटाएर कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्दैछ । जिल्ला जाने नेताहरुले पार्टीमा देखिएको तल्लो तहको समस्या समाधान गर्ने, नागरिकसँग अन्तक्रिया गर्ने, नागरिकका समस्या सुन्ने लगायतका जिम्मेवारी पार्टीले दिने भएको छ ।
प्रतिनिधि खटिने नेताहरुले जिल्लामा गएर गर्नुपर्ने भूमिकाका विषयमा दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिनिधिहरुलाई प्रशिक्षित गर्ने छन् । अभिमुखीकरण कार्यक्रम केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसोका लागि राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij