
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको आधिकारिक वेबसाईट मै अब प्राविधिक चार्ट पनि हेर्न सकिने भएको छ ।
बुधबारदेखि नेप्सेको साइटमै चार्ट हेर्न सकिने भएपछि प्राविधिक विश्लेषण गर्ने लगानीकर्तालाई सहज हुने भएको छ । यस अघि विभिन्न बाहिरी वेबसाईट मार्फत टेक्निकल चार्ट हेर्दै आएका लगानीकर्ताले अब आधिकारिक साइटमै चार्ट हेर्न पाउनेछन् ।
नेप्से इन्डेक्स लगायत विभिन्न उपसूचक, कम्पनीहरुको दैनिक, साप्ताहिक, मासिक, त्रैमासिक तथा वार्षिक चार्टहरु हेर्न सकिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij