Logo

Jun 10 2025 | २०८२, जेठ २७ गते

Jun 10 2025 | २०८२, जेठ २७ गते

मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ

मित्रमिलन सहकारीका लेखा संयोजक पक्राउ

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले मित्रमिलन सहकारी संस्था लि.का लेखा संयोजक सूर्य अधिकारी पक्राउ परेका छन् । 

    images
    images
    images

    पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना गरेको आरोपसँगै उनी पक्राउ परेका हुन् ।

    images

    यसअघि मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिस्टार कार्यालयका पूर्व रजिस्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धि सागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

    उक्त सहकारीका ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जसमध्ये अझै २६ जना फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij