Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सपना प्रधान मल्लको ‘ईन्ट्री’

प्रतिनिधिसभा विघटन मुद्दा : संवैधानिक इजलासमा सपना प्रधान मल्लको ‘ईन्ट्री’

  • काठमाडौं । संसद विघटन सम्बन्धी मुद्धाको सुनुवाइका लागि संवैधानिक इजलासमा सपना प्रधान मल्लको इन्ट्री भएको छ ।

    images
    images
    images

    गत बुधवार न्यायाधिश हरिकृष्ण कार्कीमाथि बरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले सो इस्यूको ‘मुद्धा नहेर्ने’ भन्दै ईजलास छाडेका थिए ।

    प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बुधवार कार्किको ठाउँमा सपना मल्ललाई तोकेका हुन् ।

    मुद्धा सुनुवाइका लागि संवैधानिक ईजलासमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा दर्जन बढी मुद्धाहरु परेका छन् । संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको आज सुनुवाइ हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij