Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

संसद विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

संसद विघटनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

  • काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ आज हुँदैछ । संसद विघटनविरुद्ध सर्वोच्चमा परेका एक दर्जन बढी रिटमा संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।

    images
    images
    images

    तर उक्त रिटमाथि संवैधानिक इजलासबाट गर्ने कि बृहत पूर्ण इजलासबाट गर्ने भन्नेमा विवाद रहेको छ ।

    गत बुधवार (पुस २२) गते भएको बहसका क्रममा ११ जना न्यायधीशहरुले निवेदन दिएका थिए । सो विवादबारे के गर्ने भन्ने कुराको आज नै टुंगो लाग्ने बताइएको छ ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचन गर्ने सरकारको सिफारिस अनुमोदन गरेकी थिइन् । त्यसलगत्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु तथा कानून व्यवसायीहरुले गरी एक दर्जन बढी रिट दायर गरेका थिए ।

    संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाई हुँदै आइरहेको छ ।

    रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा अर्का न्यायाधीशलाई इजलासमा राखि सुनुवाई प्रक्रिया अघि बढाइनेछ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij