Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

जसपामा दुई धार: सर्वोच्चको फैसला पर्खिने कि आन्दोलन चर्काउने ?

जसपामा दुई धार: सर्वोच्चको फैसला पर्खिने कि आन्दोलन चर्काउने ?

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालमा संसद् पुनःस्थापनाको विषयमा दुई धार देखिएको छ । जसपा नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यसमिति अध्यक्ष उपेन्द्र यादव संसद् पुनःस्थापनाको पक्षमा रहेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सर्वोच्च अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने पक्षमा रहेका छन् ।

    images
    images
    images

    संघीय परिषद्का अध्यक्ष भट्टराईले सोमवार आयोजित एक कार्यक्रममा संसद् पुनःस्थापना मात्र एक विकल्प रहेको धारणा राखेका थिए । लोकतन्त्रको रक्षाका लागि संसद् पुनःस्थापना नै एक विकल्प हो र त्यसैअनुसार सर्वोच्च अदालतले पनि निर्णय गर्ने दाबी गरे ।

    तर सोही पार्टीका कार्यकारिणी सदस्य वृषेशचन्द्रलालले सर्वोच्च अदालतको निर्णयलाई पनि कुर्नुु पर्ने बताए । ‘संसद् विघटन लोकतन्त्र विरोधी कार्य हो, यसको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ, अदालतले कस्तो फैसला गर्छ ? त्यसको आधारमा पार्टीले आगामी कदम चाल्नुपर्छ,’ उनले भने ।

    शक्ति पृथकीकरणलाई मान्ने हो भने सर्वोच्च अदालतको निर्णयलाई मान्नुपर्ने जसपा नेपालका अर्का नेता डा. सुरेन्द्र झाले बताए । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतको निर्णयलाई कुर्नुु पर्ने पक्षमा रहेका उनले जानकारी दिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव नेकपा प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर जानुपर्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर अहिलेको अवस्थामा प्रचण्ड–नेपाल समूहसँग सहकार्य गर्न नसकिने पक्षमा रहेका छन् ।

    जसपा कार्यकारिणी सदस्य वृषेशचन्द्र लालले जसपा नेपालका लागि नेकपा ओली समूह र प्रचण्ड–नेपाल समूह उस्तै रहेको बताएको खबर गोरखापत्र दैनिकमा छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij