Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

दिल्लीमा यौन व्यवसाय चलाएको आरोपमा दम्पत्ती पक्राउ

दिल्लीमा यौन व्यवसाय चलाएको आरोपमा दम्पत्ती पक्राउ

  • काठमाडौं । दिल्लीमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्‍धान ब्युरोले दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

    images
    images
    images

    पक्राउ पर्नेमा स्याङ्जा गल्याङ नगरपालिका-७ बस्ने ३५ वर्षीय टिकाराम भण्डारी र उनकी श्रीमती ३१ वर्षीया टिकाकुमारी वली छन् । टिकाकुमारीले आफूलाई अस्मिता भण्डारी र रिया वलीको नामले पनि चिनाउने गरेकी छन् । 

    उनीहरूले दिल्लीमा विभिन्न होटल, रेष्टुरेन्ट, फेन्सी पसलमा आकर्षक काम पाइने र कमाइ राम्रो हुने भन्दै प्रलोभन देखाएर नेपाली युवतीलाई यौन व्यवसायमा लगाएको आरोप छ ।

    प्रहरीले उनीहरूलाई गत बुधबार कञ्चनपुरबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट म्याद थपेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij