
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । स्वर्गद्वारी नगरपालिका-५ आमडाँडास्थित सडकमा लु.२ च ६१ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुदाँ ६८ वर्षीया झमी घर्ती मगरको मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका जिपमा सवार अन्य ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij