Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

दुई नाल भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

दुई नाल भरुवा बन्दुकसहित एक जना नियन्त्रणमा

  • काठमाडौं । भरुवा बन्दुकसहित एक जनालाई मकवानपुरको बकैया गाउँपालिका-११ स्थित सिमलट्वाकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा अनुसार स्थानीय ३७ वर्षीय सोमबहादुर नेसुरले आफ्नो घरमा अवैध भरुवा बन्दुक लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

    नेसुरको घरमा बन्दुक रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय ठिङ्गनबाट गएको प्रहरी टोलीले निजको घर खनतलासी गर्दा भुईँ तले घरको चोटाबाट भरुवा बन्दुक दुई नाल र सोमा लाग्ने बारुद, छर्रा फेला पारेको थियो ।

    बरामद गरिएको हतियारसहितका सामग्री र निजलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij