Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता

प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिकी विशेष सहायकबीच भेटवार्ता

  • काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष सहायक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ ।  

    images
    images
    images
    बिहीवार बालुवाटार गएर प्रधानमन्त्री प्रचण्डलाई दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्की वरिष्ठ निर्देशकसमेत रहेकी लाउबाचरले  भेटेकी हुन् । प्रधानमन्त्रीको सचिवालयले भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप बलियो बनाउनेबारे छलफल भएको जनाएको छ ।
     
    साथै दुई देशबीच द्विपक्षीय सहकार्य थप बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ । उनले बुधवार नै परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij