
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । पार्टी कार्यालय बालकुमारीमा यही मंसिर २५ गते सोमबार बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको उनले जनाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij