
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । परराष्ट्र सचिव भरतराज पौड्यालले सेवाबाट अवकाश लिएका छन् । पौड्याललाई क्यानडाका लागि सरकारले नेपाली राजदूतमा सिफारिस गरेको छ । सरकारको उक्त सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरिसकेको छ ।
पौड्यालले अनिवार्य अवकाश लिएसँगै परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले निमित्त परराष्ट्र सचिवको जिम्मेवारी पाएकी छिन् । सरकारले उनलाई सचिव नियुक्त गर्ने सम्भावना छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij