
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८ ‘च’ जारी गर्ने भएको हो । केन्द्रीय बैंकले सोमबार एक सूचना जारी गर्दै उक्त विकास ऋणपत्रको मंसिर १९ गते बोलकबोल हुने जनाएको छ ।
मंसिर १९ गते दिउँसो २ बजेसम्ममा इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । विकास ऋणपत्रको निष्काशन भने मंसिर २० गते हुनेछ ।
केन्द्रीय बैंकका अनुसार कूल निष्काशित विकास ऋणपत्रमध्ये ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ विनाप्रतिस्पधात्मक प्रणालीमार्फत बिक्री गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij