Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

  • काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । प्रक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा-८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल रहेकी छन ।

    images
    images
    images

    उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँकेजिल्ला प्रहरीको समन्वयनमा नेपालगन्जबाट पक्राउ गरेको हो ।

    सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पुर्‍याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उजुरी थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रहरीले जनाएको छ । ब्युरोको टोलीले गरेको अनुसन्धानमा उनले एक नाबालिकासहित २ जना युवतीलाई बेचेको खुल्न आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij