
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-११ बेलास्थित सडकमा से.२ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याइएको थियो । अस्पताल पुर्याइएको केहीबेरमा उनको मृत्यु भएको हो । दुर्घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij