काठमाडौँ । इलामको देउमाइ नगरपालिकामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाइ नगरपालिका–९ मादेबुङका ४५ वर्षीय खम्बासिंह पिठा कोटे मगर रहेका छन् ।
मगरलाई दुई दिन अघि घर नजिकै बारीमा रहेको रुखमा रहेको अरिङ्गालले टोकेको थियो । झापाको विएण्डसी अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो । उपचारकै क्रममा मगरको शनिबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ ।