
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यले नयाँ शाखा विस्तार गरेको हो ।
बैंकले शुक्रबार टोखा नगरपालिका वडा नं. ६ टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij