Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पोखराको होटलमा एक महिला मृत फेला

पोखराको होटलमा एक महिला मृत फेला

  • काठमाडौं । पोखराको नागढुंगास्थित युनिक होटलमा तनहुँकी एक महिला मृत भेटिएकी छन् । मंगलबार साँझ ७ बजेको समयमा युनिक होटलमा बसेकी तनहुँको भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी हुन् ।

    images
    images
    images

    ‘होटलको कोठामा साहुनीले अचेत देखिएपछि तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो । चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरे’, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले भने ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी विकले बताए । ‘घटनाको अनुसन्धान गर्दैछौं । केही शंकास्पद छ भन्ने बुझिएको छ’, उनले भने ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij