Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुरको पुल्चोक पनि निषेधित क्षेत्र

ललितपुरको पुल्चोक पनि निषेधित क्षेत्र

  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले पुल्चोकको मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

    images
    images
    images

    ललितपुर महानगरपालिका–३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

    ‘पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजश्व कार्यालय तथा युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लासम्मको क्षेत्रलाई निषेधित क्षेत्र’ घोषणा गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताएका छन् ।

    निषेधाज्ञा आजै (मंसिर ५) देखि लागू हुने गरी ६ महिनासम्मका लागि लगाइएको ललितपुर प्रशासनले जनाएको छ । उक्त क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij