
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन् । जिल्लाको नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान मृत अवस्थामा फेला परेका हुन् । शुक्रबार राति आमा रिमाको शव फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाले जनाएका छन् ।
त्यस्तै शनिबार दिउँसो छोरा मुस्कानको शव फेला परेको हो । कात्तिक २७ देखि रिमा र मुस्कान हराइरहेका भनिएको थियो । शुक्रबार मात्रै माइती पक्षले उनीहरू हराएको खबर प्रहरीमा दिएका थिए । रिमा र मुस्कानको शव पोस्टमर्टमपछि शनिबार बेलुकी आफन्तलाई बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij