
Apr 02 2025 | २०८१, चैत २० गते
अनलाइन चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले लकडाउन, कोरोना र स्वास्थ्य सुरक्षालाई विषय बनाएर चित्र कोरेर पठाउन सक्नेछन् ।
ललितपुर । अनलाइन पत्रिका मिडिया हाउसको आयोजनामा अनलाइन चित्रकला प्रतियोगिता २०७७ प्रारम्भ भएको छ । अनलाइन चित्रकला प्रतियोगितामा कक्षा ३ देखि कक्षा ८ सम्मका विद्यार्थीहरु भाग लिन पाउने छन् । अनलाइन चित्रकला प्रतियोगितामा सहभागी विद्यार्थीले लकडाउन, कोरोना र स्वास्थ्य सुरक्षालाई विषय बनाएर चित्र कोरेर पठाउन सक्नेछन् ।
अनलाइन चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई १५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने जनाएको छ । दोस्रो, तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्ने बाल चित्रकारहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने अनलाइन पत्रिका मिडिया हाउसकी प्रमुख कार्यकारी निर्देशक सुनिता बाटाजुले बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट ३० चित्रलाई पाटन संग्रहालयमा प्रदर्शनीका लागि राखिनेछ । अनलाइन चित्रकला प्रतियोगितामा सामेल हुन यी नियमको पालना गर्नुपर्नेछ ।
१. सहभागीले इमेलमार्फत चित्र पठाउनुपर्नेछ ।
२. विषयसहित कोरिएको चित्र मौलिक हुनुपर्नेछ ।
३. चित्रमा ग्राफिक्स गरिए वा कुनै प्रतियोगितामा भाग लिइएका चित्रहरु समावेश नगरिएको हुनुपर्नेछ ।
४. प्रतियोगीले आफ्ना चित्र आगामी माघ २५ गतेभित्र पठाई सक्नुपर्नेछ ।
५. प्रतियोगीले आफ्नो चित्रलाई [email protected] मा पठाउनुपर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij