Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने

  • काठमाडौं । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले भेटेर यसबारे जानकारी गराएका छन् ।

    images
    images
    images

    सोमबार भएको भेटमा उत्तर कोरियाली राजदूत मेनले दूतावास बन्द गर्ने निर्णय सुनाएका प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जनाएका छन् ।बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको राजदूत मेनले बताएका छन् । उनले छिमेकी मुलुक भारतमा दूतावासले नै नेपाल मामिला हेर्नेबारे जानकारी समेत दिएका छन् ।

    उत्तर कोरियाको यो निर्णयप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले राजदूत मेनसँग छिट्टै पुनः दूतावास सञ्चालनमा ल्याउने आशा रहेको बताएका थिए । राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै प्रचण्डले आभारसमेत व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij