Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक

कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरूले कार्यालय प्रवेशमा रोक लगाएका छन् । आफ्नो चासो सम्बोधन गर्न उदासीनता प्रकट गरेको भन्दै सातबुँदे मागसहित आन्दोलनरत कर्मचारीले घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।

    images
    images
    images

    गत कात्तिक १४ गतेदेखि नेपाल विद्युत प्राधिकरणका क्रियाशील कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ आन्दोलनरत छन् । उनीहरूले यसअघि प्राधिकरणका कार्यकारी निर्देशक, उप–कार्यकारी निर्देशक र प्रादेशिक कार्यालय प्रमुखहरूलाई पनि कार्यकक्षमा प्रवेशमा निषेध गरेका थिए ।

    कर्मचारी युनियनद्वारा घोषणा गरिएको संघर्षका कार्यक्रममा कात्तिक १९ गते ११ः१५ बजेदेखि १२ः१५ बजेसम्म, कात्तिक २० गते ११ः१५ बजेदेखि १२ः४५ बजेसम्म र २१ गते ११ः१५ बजेदेखि १ः१५ बजेसम्म कार्यकक्ष प्रवेशमा निषेध गर्ने उल्लेख छ । यो कार्यक्रमबाट पनि माग सुनुवाइ नभए कात्तिक २२ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनीहरुले जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij