
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ । आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।
राष्ट्र बैंकले चाँदीको सिक्का १० ग्राम र २५ ग्रामको बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकले सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको जनाएको छ । केन्द्रीय बैंकका अनुसार चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित रहेको केन्द्रीय बैंकले जनाएको छ ।
सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ। सुनको असर्फीको मूल्य भने हरेक दिन परिमार्जन हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij