Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बाल कथा : सफलाको भ्रमण

बाल कथा : सफलाको भ्रमण

  • देवेन्द्रप्रसाद उप्रेती

    onlinepatrika
    Arghakhachi

    ‘नरोऊ न छोरी, तिमीलाई के भयो हँ रु ’ बुवाले सोध्दा छोरी सफलाले भनिन्, ‘मलाई किन घुमाउन लानु भएन रु ’ आफूले भुसुक्कै बिर्सेकाले भोलि चाहिँ पक्कै लैजाने वाचा उनले गरे। ‘अब त म घुम्न नै जान्नँ। तपाईंले मलाई ढाँट्नुभयो’, छोरीले भनिन्। उनी सुँक्कसुँक्क गर्दै भित्र पसिन्।

    AGNI GROUP

    सफलाको आमा भान्साकोठामा साग केलाउँदै हुनुहुन्थ्यो। छोरी सुँक्कसुँक्क गरेको सुनेर कोठामा पस्नुभयो। छोरी त साँच्चै नै रोइरहेकी थिइन्। उहाँले छोरीलाई भन्नुभयो, ‘हैन छोरी, किन सुँक्कसुँक्क रु ’ छोरीले बाबालाई नै सोध्नुस् न भनेर भनिन्।

    आमा, बाबा आदित्यको छेउमा जानुभयो। उहाँले भन्नुभयो, ‘छोरीलाई के भएछ, उनी त रोइरहेकी छन् त।’ बाबाले भन्नुभयो, ‘घुमाउन लानुपर्ने रे, हिजो मैले ढाँटेँ रे। अब भोलि घुम्न जाऔंला भनेको, रुन पो थालिन्।’

    आमा दिलमाया छोरीको कोठामा पस्नुभयो। उहाँले भन्नुभयो, ‘छोरी नरोऊ, तिमीलाई बाबा, आमा दुवै मिलेर घुम्नलाई लैजाउँला हुन्न रु ’

    सफलाले रुन छोडेर तुरुन्त भनिन्, ‘कहिले रु ’

    आमाले भन्नुभयो, ‘तिम्रो परीक्षा कहिलेदेखि हो छोरी रु ’

    जवाफ दिँदै छोरीले भनिन्, ‘परीक्षा त पर्सिदेखि हो नि, परीक्षाले के गर्छ त एक दिन घुम्नलाई।’

    ‘होइन छोरी, परीक्षा बिग्रियो भने त घुमेको पनि त मजा हुँदैन नि। घुमेकाले परीक्षा बिग्रियो भन्ने मनमा परिरहन्छ। यसपछि घुम्ने, रमाइलो गर्ने कुरामा मन मरेर जान्छ। तिमीलाई सधैं दिक्क लाग्छ नि, होइन र छोरी रु ’

    सफलाले टाउको हल्लाउँदै भनिन्, ‘।।। तर एउटा सर्त है त। त्यसमा मान्न तयार हुनुहुन्छ रु ’

    आमाले भन्नुभयो, ‘भन न, तिम्रो सर्त नै नसुनी म कसरी तयार हुने, भन त।’

    सफलाले भनिन्, ‘मलाई दुइटा क्याटबरी र एउटा ब्याग चाहिँ आजै किनिदिनुस् है त। मेरी अर्की साथीको कति राम्रो ब्याग छ, पार्टीमा हिँड्ने ब्याग।’

    ‘तिम्रा दाँत देखाऊ त छोरी, अस्ति भर्खर कीरा लागेका दुइटा दाँत निकालेको थियो। यो सबै गुलियो चकलेट खाएर होइन र रु तिमीलाई ब्याग र मीठा मीठा खानेकुरा सबै नै किनिदिउँला तर आज होइन। परीक्षा सकिएर घुम्न जाँदा है त’, आमाले भन्नुभयो।

    सफला जिब्रो टोक्दै भन्छिन्, ‘आमा, अस्तिको दिन सरले चकलेट खाँदा के के हुन्छ भन्ने कुरा बताउनुभएको थियो। मैले त भुसुक्क बिर्सिछु। सरले मेरा दाँत किराले खाएर निकालेको कुरा पनि थाहा पाउनु भएको रहेछ। मलाई नै देखाएर उदाहरण दिनुभएको थियो। म त लाजले भुतुक्क भएकी थिएँ। मेरा यी दाँत कहिले पलाउँछन् आमा रु ’

    आमाले भन्नुभयो, ‘चकलेट खान छोडेपछि चाँडै पलाउँछन्।’

    कक्षा ३ मा पढ्ने सफलाको अनुहारमा जिज्ञासा भरिएको थियो। उनको बामे सर्ने एउटा सानो भाइ पनि थियो। भाइलाई असाध्यै माया गर्थिन्। बल गरेर बोक्न खोज्थिन् र म्वाइँ खाँदा भाइ पनि ङिच्च हाँसिदिन्थ्यो।

    सफलाको परीक्षा हिजो सकियो। उनलाई एक हप्ताको बिदा पनि छ। बिदाभरि मेहनत गरी पढ्नु पनि नपर्ने। घुम्न जाने कुराले उनलाई अझ खुसी बनाएको छ। उनी उफ्रिँदै आमाबाबाको छेउमा पुग्छिन् र भन्छिन्, ‘आज त ढाँट्न पाइन्न नि।’

    आकाशमा बादल लागिरहेको थियो। बिजुली चम्केर आकाश थर्किंदै थियो। बाहिर हिँड्ने मानिस पनि हतार गर्दै घरतर्फ लाग्दै थिए। चराहरू कराउँदै आकाशमा उड्दै थिए। आफ्ना बचेराको सुरक्षा गर्न हतार गर्दै थिए। असिनापानी पर्ने लक्षण देखिएको थियो। हावाहुरी चल्न थालिसकेको थियो। सफलाका बाबाले भन्नुभयो, ‘छोरी १ आज त मौसम निकै खराब देखियो त। घुम्न जाने कुरालाई आज रोक्नुपर्ला जस्तो छ।’ सफलाकी आमा चाहिँ केही बोल्नु भएको थिएन। उहाँ आफ्नो श्रीमान्को अनुहार हेरिरहनुभएको थियो। छोरी सफलाले अँध्यारो अनुहार लगाउँदै भनिन्, ‘हुन्छ नि। यस्तो दिनमा हिँड्यो भने त समस्या पर्छ है बुवा।’ बाबाआमा मुसुमुसु हाँस्नुभयो र भन्नुभयो, ‘भोलि चाहिँ पक्का घुम्न जाने।’

    सफलालाई एक दिन बिताउन पनि एक महिना पर्खेजस्तो लाग्यो। भोलिको पर्खाइले उनको मनमा छटपटी पैदा गरायो। आखिर समय त हो, बित्नलाई कति पो लाग्छ र रु

    परिवारका सबै सदस्य कपडा लगाएर तयार भए। सफला चाहिँ कुन कपडा लगाउने भनेर आमालाई सोद्धै थिइन्। एकैछिनमा बुवाले मोटरसाइकल निकाल्नुभयो। उनीहरू खाना खाएर चाँडै नै घरबाट निस्के।

    ‘आहा १ क्या राम्रो बजार १ थरीथरीका खेलौना हेर्न पाइने, थरीथरीका खानेकुरा खान पाइने। क्या मज्जा १’, छोरीले भनिन्।

    आमाले छोरीलाई सहरका राम्रा ठाउँ घुमाइदिनुभयो। रोटेपिङ पनि खेलाइदिनुभयो। एउटा राम्रो गुडिया पनि बोक्न पाउँदा त छोरी झन् दंग।

    सफलाले भनिन्, ‘आमा, त्यो भूतघरमा मेरो खुट्टा किन तानेको रु मैले त तपाईंलाई बेसरी समातेर भूतसँग जानै मानिनँ।’

    घरमा आएपछि सफलाले आमालाई भनिन्, ‘मलाई कहिलेकाहीँ यसरी नै घुमाउनुस् है त। मलाई त सधैँ घरमा मात्र बस्नुपर्दा दिक्क लाग्छ।’

    आमाले भन्नुभयो, ‘हुन्छ छोरी, हुन्छ।’ आमाको वचनले सफला खुसी भएर पढ्नलाई बसिन्। - अंकुरबाट

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट