
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य अशोककुमार सिंह नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
अशोककुमारसहित जसपा छाडेर आएका नेता, कार्यर्ताहरूलाई कांग्रेस मधेस उपसभापतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले पार्टीमा प्रवेश गराएका हुन् ।
कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश गुप्ताले कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा उनीहरू पार्टीमा प्रवेश गरेको जनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij