
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अंकले बढेर १८६४ दशमलव ६२ विन्दुमा पुगेको छ । मंगलबार २८९ कम्पनीको ४५ हजार ४ सय ५६ पटक कारोबार हुँदा ३८ लाख १३ हजार २ सय ३३ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम १ अर्ब ८४ लाख ३७ हजार रहेको छ । कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ०८ अंकले बढेर ३५८ दशमलव ८३ विन्दुमा पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij