काठमाडौँ । भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
सूर्यबिनायक नगरपालिका-८ बस्ने पार्वती तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक चौतारा नगरपालिका-१० घर भएका ३५ वर्षीय माला तामाङसमेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई नगद ३८ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।