Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोडौँ : स्थानीय

राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनमार्फत समृद्धिसँग जोडौँ : स्थानीय

  • नारायण न्यौपान, नुुवाकोट । राष्ट्रिय एकीकरण मार्गलाई पर्यटनका माध्यमबाट मुलुुकको आर्थिक समृद्धिसँग जोड्न माग गरिएको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा गोरखादेखि काठमाडौँसम्म ओहोरदोहोर गरेका बाटोमा गत वर्षदेखि नेपाली सेनाले पदयात्रा गर्दै आएको छ ।

    images
    images
    images

    ककनीकी रेनुुका लामा रुम्बा भन्नुुहुुन्छ, “नेपालको गौरवपूूर्ण इतिहास जोडिएको एकीकरण मार्गलाई पर्यटन पदमार्गकारुपमा विकास गरी आर्थिक समृद्धिसँग जोड्ने विभिन्न कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।” 
      
    एकीकरण मार्गमा सेनाले पदयात्रा सञ्चालन गरेकामा खुशी व्यक्त गर्दै उहाँले भन्नुुभयो, “विगतमा सुनेको विषय अहिले सेनाका कारण प्रत्यक्ष देख्न पाइयो, पृथ्वी नारायणले नेपाललाई एकीकरण गर्नुुभएको हो, उहाँ एकीकरणका नायक हुनुुहुन्छ, हामीले इतिहासलाई संरक्षण गर्नुुपर्छ, ऐतिहासिक चिज वस्तुुलाई जोगाउनुुपर्छ । शालीक तोडफोड गर्नुु गल्ती हो ।” 

    नुवाकोटको ककनी गाउँपालिका–५ आज बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणका गणपति प्रमुख सेनानी उमेश श्रेष्ठलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र एकीकरण ज्योति हस्तान्तरण गरिएको थियो ।

    सो अवसरमा दुवै गणका टोलीले सो अवसरमा बाजागाजासहित नाचगान गरी गरेको हर्ष बढाईमा स्थानीयले साथ दिएका थिए । सो अवसरमा गणपति श्रेष्ठले भन्नुुभयो, “हाम्रा पुर्खाको योगदानलाई जीवन्त तुल्याउन एकता दिवसका अवसरमा एकीकरण मार्गमा पदयात्रा सञ्चालन गरिएकामा स्थानीयबाट कोरोनाको महामारीकाबीचमा पनि अत्यन्तै उत्साहजनक ढङ्गबाट उत्साह र हौसल्ला प्रदान भएको छ ।”

    स्थानीय जीवनलाल तामाङले पृथ्वीनारायण शाहले जसरी ससना राज्यलाई एकीकरण गरेर गरी सवल र बलियो राष्ट्र बनाउनुभएको थियो, त्यसरी नै आज राजनीतिक दलहरुले एकताबद्ध भएर मुलुकलाई समृद्धितर्फ लैजानुुपर्छ । 
      
    उक्त सैनिक पदयात्रा टोलीलाई काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेगढीमा जनप्रतिनिधि र स्थानीयले अक्षता, माला र खादालगाएर स्वागत अभिवादन गरेका थिए । सो अवसरमा त्यहाँका महिलाको नेतृत्वमा रहेको लोकसंस्कृति नौमती बाजा समूहले हर्षोल्लाषका साथ टोलीलाई पञ्चै बाजा बजाएर स्वागत अभिवादन महिला गर्नुुका साथै टोलीसँग निकै खुुशीयालीका साथ लोकनृत्य प्रस्तुत गरेको थियो ।

    उक्त बाजा टोलीका सदस्य गीता क्षेत्रीले भन्नुुभयो, “शुुभ कार्य र पाहुनालाई बाजा बजाएर स्वागत गर्ने पहिलेदेखि रही आएको परम्परा र चालचलनअनुुसार हामीले खुशी भएर स्वागत गरेका हौँ, पृथ्वीनारायण शाहको योगदानकै कारण हामीले नेपाली भएर गौरव गर्न पाएका छौँ ।”
     
    उहाँको योगदानको प्रचारप्रसार गर्नुुको साटो शालीक तोडफोड गर्ने र पीता पुुर्खालाई होच्याउने ढङ्गबाट हामीले प्रस्तुत हुन नहुने बताउँदै उहाले भन्नुुभयो, “सबै देशभक्तले राष्ट्र निर्मातामको योगदानलाई सम्मान गरौँ ।” स्थानीय रुद्रप्रसाद घिमिरे पृथ्वीनारायण शाहले नेपाललाई एक सूूत्रमा बाधेकाले उहाँ हामी सबैका पुजनीय हुुनुुहुुन्छ भन्नुुभयो ।
     
    अर्का स्थानीय उत्तम गजुरेलले राष्ट्रिय  एकता दिवसमा उहाको योगदानको स्मरण गर्नुका साथै त्यस बखत नेपाल विस्तारका सन्दर्भमा प्रयोग भएको बाटोलाई पर्यटन पदमार्गका रुपमा विकास गर्नेतर्फ राज्यले सोच बनाउनुुपर्छ भन्नुुभयो ।
     
    उहाँले भन्नुुभयो, “इतिहासलाई मेटाउने काम कसैले गर्नुुहुुन्न । आन्दोलनका क्रमममा कैयौँ  युवापुुस्ताले नबुुझेर शालीक तोडफोड गरेका हुुनसक्छन्, त्यो गल्ती हो । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज साँझ हनुमान ढोका दरबार आइपुग्दैछ ।”

    सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको उक्त टोली गोरखा, धादिङ र नुवाकोटाका विभिन्न स्थानमा स्थानीयसँग लोकनृत्य, छलफल र अन्तरक्रिया गर्दै उपत्यका प्रवेश गरेको हो ।

    हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायत स्वागत गर्ने र त्यसपछि त्यहाँ तैनाथ शार्दुलजंङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचान भएको र उहाँले त्यसबेला राज्य सञ्चालनका क्रममा भन्नुुभएको विषयवस्तु अहिले पनि उत्तिकै सान्दर्भिक रहेका छन् ।  विसं ११७९ पुुस २७ गते गोरखामा जन्मनुुभएका पृथ्वीनारायणको योगदानलाई कदर गर्न उहाँको तस्वीर अङ्कित मुुद्रा निकाल्न र राष्ट्रिय एकता दिवसका दिन राष्ट्रिय बिदाको घोषणा गर्न आवाज उठ्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij