
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल एसबीआई बैंकको ऋणपत्र सूचीकृत भएको छ । एसबीआई बैंकको ‘नेपाल एसबीआई बैंक ऋणपत्र–२०८९’ नेप्सेमा सूचीकृत भएको हो ।
यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १४ लाख १८ हजार ३६६ इकाइ सूचीकृत भएका छन् । १० वर्षे अवधिको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।
नेप्सेले यो ऋणपत्रलाई ‘एसबीआईडी८९’ कारोबार संकेत प्रदान गरेको छ । भोलिदेखि यो ऋणपत्र कारोबारमा आउनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij