
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ ठमेल स्थित कालधाराबाट चरेश सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छि घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले शनिवार उनीहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आरोपीतहरुको साथबाट ५ किलो चरेश बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij