Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल मण्डलमा रमेशकै नेतृत्व

नेपाल मण्डलमा रमेशकै नेतृत्व

  • ललितपुर । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका केन्द्रिय अध्यक्ष रमेश महर्जन नेपालमण्डल टेलिभिजनको अध्यक्षमा पुन निर्वाचित हुनु भएको छ । ललितपुरको भोलधोखास्थित ज्यापूसमाजको भवनमा शनिबार सम्पन्न भएको नेपालमण्डल टेलिभिजनको ९ औँ साधारणसभाले महर्जनलाई चार वर्षको कार्यकालका लागि पुनः अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो।

    images
    images
    images

    मर्हजन दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन हुनु भएको हो । साधारण सभाले संचालक समितिका सदस्यहरूमा उद्योगपतिहरू पद्म ज्योति, दिपक श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ, मंगल महर्जन, कुमारराजा महर्जन, सिल्भिया राजोपाध्याय् , नातिभाइ महर्जन र शर्मिला महर्जन पनि सर्वसम्मतले चयन गरेको छ ।

    c2VydmljZT1pbWFnZXMmc3JjPWh0dHBzJTNBJTJGJTJGbmVwYWxpcGF0cmlrYS5jb20lMkZ3cC1jb250ZW50JTJGdXBsb2FkcyUyRjIwMjElMkYwMSUyRnJhbWVzaC1tYWhhcmphbi1Db3B5LTkwMHg0MjUuanBnJmNhY2hlTWFya2VyPTE2MTAxOTcwOTEtNzE1MDgmdG9rZW49YzhjOTZkN.jpg

    कार्यक्रममा नेपालमण्डल टेलिभिजनको प्रगतिको लागि ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सल्लाहकारहरू रामकाजी अबाले, बाबुराजा महर्जन लगायतले शुभकामना दिनु भएको थियो । २०६८ सालको योमरी पूर्णिमाका दिन नेवार समुदायको कला, संस्कृति, भाषा, सभ्यता प्रचार प्रसार गर्ने उद्धेश्यले नेपालको पहिलो आदिवासी टेलिभिजनको रूपमा नेपाल मण्डल टेलिभिजन स्थापना भएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij