
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । आज (सोमबार) देखि काठमाडौंको भृकुटीमण्डपमा अधिवेशन सुरु भएको हो । अधिवेशनको उद्घाटनअघि काठमाडौंका ६ ठाउँबाट निकालिएको र्याली रत्नपार्कदेखि अधिवेशनस्थल भृकुटीमण्डप पुगेको थियो । यो अधिवेशनबाट नयाँ नृतृत्व चयन हुनेछन् ।
प्रदेश अधिवेशनका लागि एक हजार ८० जना प्रतिनिधि छनोट भएका छन् । छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र ४० वर्ष मुनिका युवा १० प्रतिशत छन् । यो अधिवेशनबाट ५ जना पदाधिकारी सहित २४० सदस्य चयन हुनेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij