
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । इटालीमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्रपतिको निधन भएको छ । इटालीका पूर्वराष्ट्रपति जर्जियो नापोलिटानोको ९८ वर्षको उमेरमा रोमको अस्पतालमा निधन भएको हो ।
आधुनिक इटालीमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने उनी पहिलो राष्ट्रपति हुन् । उनी सन् २००६ देखि २०१५ सम्म ९ वर्ष इटालीका राष्ट्रपति रहेका थिए । उनी सन् २००६ मा राष्ट्रपतिका रूपमा निर्वाचित भएका थिए ।
त्यस्तै सन् २०१३ मा दोस्रो सात वर्षको कार्यकालका लागि निर्वाचित भएका थिए । उनले सन् २०१५ स्वास्थ्य र उमेरका कारण राजीनामा दिएका थिए । उनको स्थानमा वर्तमान राष्ट्रपति सर्जियो माछारेल्ला नियुक्त भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij