Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने विद्यार्थी पक्राउ

आन्दोलन गदै सिंहदरबारभित्र प्रवेश गर्न खोज्ने विद्यार्थी पक्राउ

  • काठमाडौँ । मोहन वैद्य नेतृत्वको माओवादीको विद्यार्थी संगठनका ११ जना कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौँमा जारी शिक्षक आन्दोलनमा एक्केबद्धता जनाएर आन्दोलन गर्दै सिंहदरबारभित्र प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    प्रहरीले निषेधित क्षेत्र तोड्दै सिंहदरबार गेटभित्र प्रवेश गरेपछि उनीहरुलाई पक्राउ गरिएको बताएको छ । शिक्षकहरुले गरिरहेको आन्दोलनमा सहभागी वैद्य निकट विद्यार्थीहरु प्रहरी घेरा तोडेर सिंहदरबारको दक्षिण गेटभित्र प्रवेश गरेपछि पक्राउ गरिएको हो ।

    काठमाडौँमा तीन दिनदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । सोही आन्दोलनमा बैद्य माओवादीको विद्यार्थी संगठनका संयोजक मिलन राईसहित १६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई सिंहदरबार वृत्तमा लगेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij