
Apr 26 2025 | २०८२, वैशाख १३ गते
काठमाडौं । नेपाल शिक्षक महासंघसँग वार्ता गर्नुअघि सरकारका चार जना मन्त्रीले आन्तरिक छलफल गरेका छन् । सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, कानुनमन्त्री धनराज गुरुङ र सञ्चार मन्त्री रेखा शर्मासहितको छलफल भएको हो ।
छलफलपद्धि गुरुङले आजको वार्तामा सहमति जुट्ने विश्वास व्यक्त गरेका हुन् । छलफलपछि उनले भने- ‘हामीले शिक्षकहरुका सबै मागका विषयमा छलफल गरेका छौँ । सम्भवतः आजको वार्तामा सहमति जुट्छ ।’
आन्दोलनरत विद्यालय शिक्षक र सरकारबीच औपचारिक वार्ता केहीबेरमा सुरु हुँदैछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij