
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व लागि विश्वराज बज्राचार्य समूहले उम्मेदवारीसँगै घोषणा गरेको छ । ललितपुरमा कार्यक्रम आयोजना गर्दै बज्राचार्य समूहले उम्मेदवारी घोषणा गरेको हो ।
उनको समूहबाट उपाध्यक्षमा विरेन्द्रलाल श्रेष्ठ, संस्थागत उपाध्यक्षमा मुकुन्द महर्जन, उद्योग उपाध्यक्षमा आपुलाल अवाले र वाणिज्य उपाध्यक्षमा रमेशभक्त गुल्मी छन भने महासचिवमा भूमिनन्दन कर्माचार्य र कोषाध्यक्षमा मिलन शाक्य छन् । बज्राचार्यको समूहबाट उद्योग समूह सदस्यतर्फ सजना श्रेष्ठ, सविन मान जोशी, प्रविन बज्राचार्य, प्रविण ताम्राकार, विष्णुलाल सिकर्मी र शैशव कृष्ण श्रेष्ठ छन् ।
यस्तै, वाणिज्य सदस्यतर्फ बिमला शाक्य, शर्मिला श्रेष्ठ जोशी, सुजन बज्राचार्य, राजेश राज बज्राचार्य, प्रविण बहादुर शाक्य, पुष्पकुमार थापा र हरिराम जोशी छन् । संस्थागत सदस्यतर्फ मिलन श्रेष्ठ र एसोसिएसन सदस्यमा रवि महर्जन उम्मेद्वार छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij