Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

टीकापुर घटनाका तीन दोषी रिहा

टीकापुर घटनाका तीन दोषी रिहा

  • काठमाडौं । कैलालीको टीकापुर घटनामा संलग्न‍ रही कारागारमा रहेका तीन जना दोषी बुधबार रिहा भएका छन् । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरीमा पक्राउ परी कारागारमा रहेका तीन जना दोषीलाई संविधान दिवस, २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलको आममाफी सहित रिहा गरिएको हो ।

    images
    images
    images

    रिहा हुनेमा टीकापुर नगरपालिका-३ का वीरबहादुर चौधरी, साविकको मुनुवा गाविस-४ का प्रदिप चौधरी र हरिनारायण चौधरी रहेका छन् । उनीहरूलाई नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी, अध्यक्ष रञ्जिता चौधरी, कैलाली- ४ का प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, राज्यमन्त्री कैलाश चौधरीलगायत प्रदेशसभा सदस्य र नागरिक उन्मुक्तिका नेता तथा कार्यकर्ताले कारागारमै पुगेर भेटघाट तथा स्वागत गरेका थिए।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij