
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । धादिङमा दुई जनामाथि एसिड प्रहार भएको छ । एसिड हान्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान साढे ७ बजे धादिङको गजुरी गाउँपालिका–२ मलेखुमा सुनचाँदी पसल सञ्चालक प्रविण विकले दुई जनालाई एसिड हानेका हुन् ।
विकले सञ्चालन गरेको भद्रकाली सुन चाँदी पसलमा मादक पदार्थ सेवन गरी आएकासँग विवाद हुँदा उनले पसलमा रहेको एसिड हानेका थिए । एसिड आक्रमणबाट बेनिघाट रोराङ-३ का १८ वर्षीय दिपेश क्षेत्री र सोही ठाउँका ६३ वर्षीय डम्बर बहादुर पुलामी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको धादिङ प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij