
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । परराष्ट्र सचिव भरतराज पौड्याल र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ । अमेरिका उड्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न शुक्रबार विहान बालुवाटार पुगेका चिनियाँ राजदूत छन् सोङ आज दिउँसो परराष्ट्र सचिव पौड्यालसँग भेट गरेका हुन् ।
सचिव पौडेललाई भेट्न राजदूत सोङ सिंहदरवारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । सचिव पौडेलसमेत शनिबार साँझ प्रधानमन्त्री दाहालसँग अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij