
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।
चार जनाको मृत्यु भएको छ भने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माले जनाएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij