
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १० चित्तपोलस्थित झोलुङ्गे पुल मुनिको एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले आज बिहान ५ः३९ बजेको समयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ घर भई हाल काभ्रेको बनेपा नगरपालिका–१३ नयाँबस्ती बस्ने २३ वर्षीय शैलेस भारती मृत फेला परेको जानकारी दिए ।
प्रहरी वृत्त जगातीको अनुसन्धान अधिकृतसहितको टोलीले त्यहाँ पुगेर मुचुल्का गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij