
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा आगलागी भएको हो ।
आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् । २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij