Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

राष्ट्रसंघ महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

राष्ट्रसंघ महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

  • काठमाडौं । संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ४ असोजमा सम्बोधन गर्ने भएका छन् । आगामी भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन अमेरिका जाने तय भएको छ ।

    images
    images
    images

    भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरले लगायत छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् ।

    अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ । साथै ५ असोजमा प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट चीन जानेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij